Section 20
मन्जुरी बिना अङ्ग प्रत्यारोपण गर्न सकिने
दफा १९ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायकोअवस्थामा अङ्ग ग्रहण गर्ने व्यक्तिको परिवारको सदस्यको मन्जुरी नभए तापनि अङ्ग प्रत्यारोपण गर्न सकिनेछ ः-
(क) अङ्ग ग्रहण गर्ने व्यक्ति बेवारिस भएमा,
(ख) अङ्ग ग्रहण गर्ने व्यक्तिको नजिकको नातेदारलाई उचित समयमा सूचना दिई मन्जुरी लिन नसकिने भएमा,
(ग) खण्ड (क) र (ख) बमोजिमकोअवस्थामा तत्काल अङ्ग प्रत्यारोपण नगरेमा त्यस्तो व्यक्तिको मृत्यु हुन सक्ने सम्भावना भएमा ।